गृहपृष्ठ देव विकासको साधाराणसभा असार २७ मा

देव विकासको साधाराणसभा असार २७ मा

देव विकासको साधाराणसभा असार २७ मा

देव विकास बैंकको साधारणसभा असार २७ मा हुने भएको छ । असार २७ मा हुने बैंकको ११ औं वार्षिक साधारणसभामा सेयरधनीहरुलाई १७ दशमलव ३१ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने जानकारी दिइएको छ ।
गत आर्थिक वर्षमा बैंकले कमाएको नाफाबाट आफ्ना सेयरधनीहरुलाई बोनस सेयर दिन लागिएको बैकले बताएको छ । २४ करोड ७० लाख रुपैयाँको बोनस सेयर दिने तथा कर प्रयोजनका लागि १ करोड ३० लाख रुपैयाँ लाभांश पनि स्वीकृत गर्ने जनाइएको छ ।

बैंक तथा वित्तीय संस्थासंग मर्जर र एक्विजिसनमा जानका लागि उपर्युत बैंक तथा वित्तीय संस्थासंग समझदारीपत्रमा हस्ताक्षर गर्नका लागि साधारणसभाले स्वीकृति प्रदान गर्ने छ ।

प्रकाशित समय : १८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु