काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दीपावलीले आपसी सद्भाव, एकता र भाइचाराको भावना बलियो बनाउने विश्वास

1.07K
shares

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेपालीहरूको सांस्कृतिक तथा धार्मिक पर्व दीपावलीले आपसी सद्भाव, भाइचारा र एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन ।

शुभ दीपावलीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले दीपावली उज्यालो, उमङ्ग, आपसी सद्भाव, भाइचारा र एकताको प्रतीक भएको उल्लेख गरेका छन ।

मुख्यमन्त्री भट्टले दीपावलीले अन्धकारमाथि उज्यालो, असत्यमाथि सत्य र निराशामाथि आशाको विजयको सन्देश दिने बताएका छन । विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध नेपाली समाजमा यस्ता पर्वले सामाजिक सद्भाव, सांस्कृतिक एकता र आपसी आत्मीयतालाई थप प्रगाढ बनाउँदै आएको उनको भनाइ छ ।

मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशको समृद्धि, विकास र समुन्नतिका लागि सबैले हातेमालो गर्दै अघि बढ्नसमेत आह्वान गरेका छन। स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले हरेक घरपरिवारमा खुसी, शान्ति र समृद्धिको उज्यालो छर्न सकोस् भन्ने कामना पनि गरेका छन ।