काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तिहार विशेष रैथाने मेलामा स्वदेशी उत्पादनको प्रवर्द्धन

1.28K
shares

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वदेशी तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले तिहार विशेष रैथाने मेला आयोजना गरेको छ ।

थापाथलीस्थित कम्पनीको कार्यालय परिसरमा आजदेखि सुरु भएको मेलाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले उद्घाटन गरे । मेला यही कात्तिक २३ गतेसम्म सञ्चालन हुने कम्पनीका प्रवक्ता माधव मिश्रले जानकारी दिए ।

उनका अनुसार तिहार तथा छठ पर्वलाई लक्षित गरी नेपाली उत्पादन, स्वदेशी उद्यम र स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । हाल तीन दिनका लागि आयोजना गरिएको मेलालाई आगामी दिनमा प्रत्येक शनिबार र आइतबार नियमित बजारका रूपमा सञ्चालन गर्ने तयारी भइरहेको उनले बता ।

मेलामा तिहार तथा छठ पर्वमा प्रयोग हुने परम्परागत खाद्यवस्तु, सांस्कृतिक सामग्री, कृषि उपज, हस्तकलाका सामग्री तथा अन्य स्वदेशी उत्पादनको प्रदर्शनी र बिक्रीका लागि राखिएको छ ।

मेलामार्फत स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, नेपाली उद्यमी तथा उत्पादकलाई प्रोत्साहन गर्ने र स्वदेशी वस्तुको उपभोग बढाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

कम्पनीले ‘स्थानीय उत्पादन किनौँ, नेपाली उद्यमलाई चिनौँ र स्वदेशी अर्थतन्त्रलाई बलियो बनाऔँ’ भन्ने सन्देशसहित उपभोक्ता तथा सर्वसाधारणलाई मेलामा सहभागी हुन आह्वान गरेको छ ।