काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी, गभर्नर पौडेलसमक्ष लिए शपथ

1.45K
shares

ai logo सारांश

  • माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
  • नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन् ।
  • बैंक सञ्चालक समितिको ५६७औँ बैठकले केसीलाई आगामी चार वर्षका लागि बैंकको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा उच्च पदाधिकारी, माछापुच्छ्रे बैंकका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत बैंकका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

बैंकको २८औँ वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीका तर्फबाट केसी सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका थिए ।

साधारणसभा सम्पन्न भएपछि बसेको बैंक सञ्चालक समितिको ५६७औँ बैठकले केसीलाई आगामी चार वर्षका लागि बैंकको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले अध्यक्ष पदको जिम्मेवारी सम्हालेका हुन् ।