global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ केन्द्रीय सदस्यको जिल्ला सभापतिलाई पत्र : नेतृत्व फेरौं

केन्द्रीय सदस्यको जिल्ला सभापतिलाई पत्र : नेतृत्व फेरौं

केन्द्रीय सदस्यको जिल्ला सभापतिलाई पत्र : नेतृत्व फेरौं

हेटौंडामा जारी नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा नेतृत्व परिवर्तनको विषयले प्रवेश पाएको छ । भेलामा सहभागी जिल्ला सभापतिहरुलाई केन्द्रीय सदस्यहरुले पत्र लेखी ‘तत्काल नेतृत्व फेर्ने’ गरी प्रस्तुत हुन आग्रह गरेका छन् ।

स्थानीय, संघीय र प्रादेशिक निर्वाचनमा व्यहोरेको पराजयसँगै कांग्रेसभित्र नेतृत्व परिवर्तनको विषय महत्वका साथ उठ्ने गरेको छ । तर, संस्थापन पक्ष बहुमतमा रहेको केन्द्रीय समितिले यसलाई स्वीकार गर्न सकिरहेको छैन ।

जिल्ला सभापतिहरुको भेलामा नेतृत्व परिवर्तन गर्न आग्रह गर्नेहरुमा कांग्रेसका खासगरी प्रभावशाली युवा नेताहरु छन् । गगन थापा, चण्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले जिल्ला सभापतिहरुलाई लेखेको पत्रमा पार्टी नेतृत्व परिवर्तन गर्नेगरी प्रस्तुत हुन आग्रह गरिएको छ ।

उनीहरुले पत्र मार्फत महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका हुन् । ‘प्रदेश र स्थानीय तहको अधिवेशन गर्न केन्द्रीय महाधिवेशन कुर्न हुँदैन’ पत्रमा भनिएको छ, ‘महाधिवेशन कुरेर संघीय संरचनामा अधिवेशन नगरिए अर्को चुनाव पनि जित्न सकिदैन ।’

प्रकाशित समय : १८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु