गृहपृष्ठ हेटौँडामा कांग्रेस भेला, बन्द सत्र सुरु
हेटौँडामा कांग्रेस भेला, बन्द सत्र सुरु
मकवानपुरको हेटौँडामा जारी नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलाअन्तर्गत बन्द सत्र शुरु भएको छ । भेलामा पार्टीको विधान संशोधन, चुनावी सीमक्षा र मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा नेपाली कांग्रेसले अवलम्बन गर्नुपर्ने भावी रणनीति, विकास निर्माणमा जनसहभागिता, संसदमा प्रतिपक्षको हैसियतले खेल्नुपर्ने भुमिकालगातका विषयमा आधारित रही छलफल हुने सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
यस्तै विभिन्न तहमा रहेका पार्टी नेतृत्वले निर्वाह गर्नुपर्ने दायित्वका सवालमासमेत सभापतिहरुले धारणा राख्ने उनले बताए । बुधबार १५/१६ जिल्लाका सभापतिहरुले आ–आफ्ना धारणा राख्नछन् । मंगलबार उद्घाटन सत्रमा शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । सो क्रममा उनीहरुले पार्टीको आन्तरिक विवाद हल गरी सांगठनिक सुदृढिकरणमा जोड दिए । आपसी मदभेदको अन्त्य गरी पार्टीलाई पूर्ण रुपले प्रजातान्त्रिक समाजवादी अवधारणाअनुरुप सामूहिक नेतृत्व प्रणालीअन्तर्गत संचालन गर्दै आमकार्यकर्ताको मनोभावनालाई उच्च राख्ने सवालमा पार्टीले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा उनीहरुले जोड दिए ।
नेताहरुले एकता र आदर्शका अभिव्यक्ति जति नै दिएपनि भेलाका क्रममा पूर्णरुपले एकताको दृश्य भने देखिएन । आफ्ना अभिव्यक्ति राख्ने सवालमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबाट भेला बहिस्कार गर्नेजस्तो गतिविधि हुनुले एकता नारामा मात्रै सीमित रहनु हो भन्ने सन्देश प्रवाह भएको विश्लेषकहरुको टिप्पणी छ । साँच्चै नेपाली कांग्रसलाई एक ढिक्का बनाएर अगाडि बढ्ने हो भने जारी हेटौँडा भेलाले एकतासम्बन्धी घोषणापत्र जारी गरी एकतामा खलल पु¥याउने तत्वलाई पार्टीले कार्बाहीसमेत गर्ने रणनीति अख्तियार गर्ने हो भनेमात्र कांग्रेसमा शुद्धिकरण र सृदृढिकरण हुन सक्ने कांग्रेसका जानकारहरु बताउँछन् ।
प्रकाशित समय : १६:४८ बजे




















