global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ चिनियाँ र नेपाली व्यवसायीबीच भए यी महत्वपूर्ण सहमति

चिनियाँ र नेपाली व्यवसायीबीच भए यी महत्वपूर्ण सहमति

चिनियाँ र नेपाली व्यवसायीबीच भए यी महत्वपूर्ण सहमति

चीन र नेपालबीच विभिन्न ८ महत्वपूर्ण व्यापारिक सहमति एवं सम्झौता भएको छ । चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको पस्थितिमा चीन र नेपालका सरकारी एवं निजी कम्पनीका प्रतिनिधिबीच ऊर्जा, जलस्रोत, फलफूल, सिमेन्ट उद्योग स्थापना गर्नेसम्बन्धी समझदारी एवं सम्झौतामा हस्ताक्षर भएको हो ।
के-के भए सहमति ?
पूर्वी तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न निर्माण गर्न लागिएको बिरिङ, कमला, कन्काई नदी सिँचाइ परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेसम्बन्धी द्विपक्षीय समझदारी बनेको छ । यो समझदारीपत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र चीनको चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीका डेपुटी जनरल म्यानेजर लिऊ दोङग्युआनले हस्ताक्षर गरे ।

यस्तै, नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणका लागि हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र चीनको युनान सिन्हवा वाटर कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेष्टमेन्ट कम्पनीबीच संयुक्त आयोजना निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यो आयोजना १६४ मेगावाट क्षमताको हो ।

४० मेगावाट क्षमताको सिउरी न्यादी जलविद्युत् आयोजना निर्माणका लागि स्वतन्त्र ऊर्जा उत्पादक संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाईं र चाइना नेशनल इलेक्ट्रिक इञ्जिनियरिङ कम्पनीका प्रतिनिधिबीच इपिसिएफ मोडलमा आयोजना निर्माण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो ।
यस्तै दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने हुवासिन सिमेन्ट उद्योग स्थापनाका गर्नेसम्बन्धमा पनि सहमति भएको छ । यसमा नेपालका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरे । परियोजनामा हुवासिनले १४ अर्ब ४० करोड लगानी गर्ने सहमति भएको नेपाल पक्षका अधिकारीहरुले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच फलफूल उद्योग स्थापना गर्ने सहमति पनि भएको छ । ४६ मिलियन डलर लगानी गरिने यो परियोजनालाई निकै महत्वपूर्ण मानिएको छ ।

नेपाल पस्मिना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापा र ओबोर परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्लेटफर्मका अध्यक्ष शु याबीच दुईलाखदेखि पाँचलाख थान पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस्तै, कूल ६०० मेगावाट क्षमताको मर्स्याङ्दी क्यास्केड जलविद्युत् परियोजना निर्माणका लागि फ्रेमवर्क सहमति भएको छ ।

बुटवल पावर कम्पनीका अध्यक्ष पद्म ज्योति र सिचुवान इन्भेस्टमेन्ट ग्रुप, सिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाइईसीले पनि सम्झौता गरेका छन् । यसैगरी, ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी परियोजना निर्माणका लागि सिद्धकाली पावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपाने र दोङ्फाङ इलेक्ट्रिक इन्टरनेशनल कम्पनीबीच सम्झौता भएको छ ।
सहमति एवं सम्झौतापत्रमा हस्ताक्षरका लागि आयोजित समारोहमा प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि श्रेष्ठ मुलुक बनिसकेको दाबी गर्दै निसंकोच लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरे ।

प्रकाशित समय : १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु