global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ प्रधानमन्त्रीले चीन पुगेर भने- विदेशी लगानी नेपालमा जति सुरक्षित अन्त कतै छैन

प्रधानमन्त्रीले चीन पुगेर भने- विदेशी लगानी नेपालमा जति सुरक्षित अन्त कतै छैन

प्रधानमन्त्रीले चीन पुगेर भने- विदेशी लगानी नेपालमा जति सुरक्षित अन्त कतै छैन

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका लगानीकर्तालाई नेपालमा लगानी बढाउन आह्वान गरेका छन् । नेपालमा लगानीका लागि श्रेष्ठ वातावरण बनिसकेको भन्दै प्रधानमन्त्री ओलीले त्यसको गतिलो प्रमाण स्थिर सरकार भएको दाबी प्रस्तुत गरे । चिनियाँ र नेपाली व्यवसायीबीच भएका विभिन्न सहमति एवं सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित  कार्यक्रममा ओलीले भने, ‘नेपालमा अहिले स्थिर र बलियो सरकार छ, बन्द हड्ताल हुनुपर्ने कुनै द्वन्द्व छैन, लगानीकर्ताका लागि यो त ठूलो अवसर हो ।’

उनले आवश्यक परे सरकार लगानीमैत्री नीति निर्माण गर्न, भएका नीति संशोधन गर्नसमेत तयार रहेको बताए । ‘दुई देशबीच अनुकुलता प्रदान गर्ने नीति हाम्रो छ,’ उनले भने, ‘सम्भावना र अनुकुलताबारे आश्वस्त रहनुस् ।’

ओलीले समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारा सरकारले लिएकाले त्यसका लागि राष्ट्रहित प्रतिकुल नहुने गरी जेसुकै गर्न पनि सरकार तयार रहेको बताए । परराष्ट्र मन्त्रायका अधिकारीका अनुसार नेपाल र चीनबीच व्यापारिक विषयमा विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको छ । उर्जा र पूर्वाधारसम्बन्धित विभिन्न ६ वटा सम्झौता भएका छन् ।

प्रकाशित समय : १५:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु