गृहपृष्ठ राष्ट्रसंघलाई गम्भीर आरोप लगाउँदै अमेरिका सुरक्षा परिषदबाट बाहिरियो
राष्ट्रसंघलाई गम्भीर आरोप लगाउँदै अमेरिका सुरक्षा परिषदबाट बाहिरियो
संयुक्त राज्य अमेरिका संयुक्त राष्ट्रसंघको मानव अधिकार सुरक्षा परिषद्बाट बाहिरिएको छ । परिषद राजनीतिक पूर्वाग्रहरूपी फोहोर थुपार्ने खाल्डो’ भएको टिप्पणी गर्दै राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलिले भनिन्, ‘अब अमेरिका यो परिषद्मा रहेन । उनले पाखण्डी र स्वार्थी निकायले मानव अधिकारलाई मजाक बनाएको आरोप पनि लगाइन् ।
बीबीसीका अनुसार हेलिले परिषद्का सदस्य राष्ट्रहरूले मानव अधिकार उल्लघंनका घटनाबाट ध्यान मोड्न राम्रो अवस्था भएका देशहरूलाई निशाना बनाउने गरेको दाबी पनि गरिन् । गत वर्ष राजदूत हेलीले राष्ट्रसंघको मानव अधिकार परिषद् ’इजरायलप्रति सधैँ पूर्वाग्रही’ भएको आरोप लगाउँदै अमेरिकाले आफ्नो सदस्यताबारे पुनर्विचार गरिरहेको बताएकी थिइन् ।
प्रकाशित समय : १५:११ बजे




















