काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फोटोनका १४ विद्युतीय सवारी भाटभटेनीलाई हस्तान्तरण

819
shares

काठमाडौं । फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टीएम१ (TM1) विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो।

‘टुगेदर टुवार्ड्स ग्रिनर फ्युचर’ नारासहित आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणाली र दिगो व्यावसायिक अभ्यासप्रतिको साझा प्रतिबद्धता झल्काएको छ।

भाटभटेनी सुपरमार्केटले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा विद्युतीय सवारीसाधन समावेश गर्नुले व्यावसायिक सञ्चालनसँगै वातावरण संरक्षणलाई पनि प्राथमिकता दिएको देखिन्छ। फोटोनका अनुसार टीएम१ विद्युतीय सवारीसाधन वातावरणमैत्री प्रविधि, सञ्चालन खर्चमा बचत र भरपर्दो कार्यक्षमताका कारण व्यावसायिक ढुवानीका लागि उपयोगी विकल्प बन्न सक्छन्।

कार्यक्रममा बोल्दै एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बरालले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए।

‘भाटभटेनीजस्तो लाखौँ नेपालीको विश्वास जित्न सफल संस्थासँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ। १४ वटा फोटोन टीएम१ विद्युतीय सवारीसाधन हस्तान्तरण हुनु व्यावसायिक उपलब्धि मात्र नभई दिगो यातायातप्रतिको बढ्दो विश्वासको उदाहरण पनि हो,’ उनले भने।

नेपाली व्यवसायको आवश्यकतालाई ध्यानमा राख्दै विश्वसनीय र आधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराउनु कम्पनीको प्राथमिकता रहेको पनि बरालले बताए।

त्यसैगरी, भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले प्राथमिकतामा राख्दै आएको बताए। फोटोन मोटर्ससँगको सहकार्यले दिगो ढुवानी प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले यस्ता पहलले नेपालका अन्य व्यवसायलाई पनि विद्युतीय सवारीसाधन प्रयोग गर्न प्रोत्साहित गर्ने बताए।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा व्यावसायिक ढुवानी क्षेत्रमा पनि यसको सम्भावना विस्तार हुँदै गएको छ। सञ्चालन खर्च न्यूनीकरण गर्नुका साथै वातावरणीय प्रभाव कम गर्न विद्युतीय व्यावसायिक सवारीसाधन प्रभावकारी विकल्पका रूपमा अघि आउन थालेका छन्।

१४ वटा विद्युतीय सवारीसाधन हस्तान्तरणसँगै फोटोन मोटर्स नेपालले नेपालको विद्युतीय व्यावसायिक सवारीसाधन बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरेको छ। साथै, नेपाली व्यवसायलाई आवश्यक आधुनिक, भरपर्दो र वातावरणमैत्री यातायात समाधान उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ।