गृहपृष्ठ मोबाइलबाट हेर्न मिल्ने ‘प्रभु टिभी’
मोबाइलबाट हेर्न मिल्ने ‘प्रभु टिभी’
प्रभु समूहले संचालनमा ल्याएको ‘प्रभु टिभी’मा नेपालमै पहिलो पटक डिजिटल भिडियो प्रशासरणमा आधारित प्रभु टिभी सुरु गरेको छ । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले एक कार्यक्रमका बीच उक्त सेवाको सुरुवात गरेका हुन् ।
कार्यक्रममा बोल्दै भट्टचनले प्रभु समूहले दक्षिण एसियामै पहिलोपटक यस्तो प्रविधिमा आधारित टिभी सञ्चालनमा ल्याएको बताए । उनका अनुसार प्रारम्भिक रुपमा काठमाडौं, चितवन र पोखरामा सेवा प्रदान गरिने छ । अन्य स्थानमा समेत क्रमिक रुपमा सेवा विस्तार गर्ने योजना रहेको भट्टचनले जानकारी दिए ।
प्रभु टिभीले पूर्वाञ्चलका धरान, धनकुटा, इटहरी, झापा, विराटनगरलगायतका क्षेत्रमा समेत सेवा विस्तार गर्ने योजना बनाएको जानकारी दिइएको छ । बालबालिका, चलचित्र, खेलकुद, संगीत, मनोरञ्जन एवं सूचनामूलक सबै च्यानलहरु समेटेर देशव्यापी रुपमानै ३ सय ६५ दिन नै उच्च गुणस्तरीय सेवा दिने संस्थाले जानकारी दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिभी च्यानलहरु टिभी तथा ओटीटी प्रविधिमा मोबाइल, ट्याबलेट र ल्यापटममा समेत इन्टरनेटको माध्यमबाट देशभर वितरण गरिने जानकारी दिइएको छ ।
प्रकाशित समय : १९:३६ बजे




















