गृहपृष्ठ मेक्सिकोको सीमा क्षेत्रमा दोहोरो गोली हानाहान, १४ को मृत्यु

मेक्सिकोको सीमा क्षेत्रमा दोहोरो गोली हानाहान, १४ को मृत्यु

मेक्सिकोको सीमा क्षेत्रमा दोहोरो गोली हानाहान, १४ को मृत्यु

मेक्सिकोको सीमा क्षेत्रमा भएका तीन वटा गोली हानाहानका घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जुअरेज सहरमा लागु औषध प्रयोगकर्ताको समूहको संलग्नतामा शनिबार गोलीकण्ड भएको बताइएको छ ।

तीमध्ये सहरको दक्षिणी क्षेत्रमा भएको एउटा घटनामा ६ जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । विश्वकप फुटबल प्रतियोगिता हेर्न जम्मा भएका आठ जनामाथि गोली प्रहार हुँदा ६ जनाको मृत्यु भएको र दुर्इजना घाइते भएका हुन् ।

उनीहरुलाई हतियारधारी समूहले गोली प्रहार गरेको सुरक्षा अधिकारीले बताएका छन् । त्यही समयमा छिमेकी अर्को ठाउँमा पनि फुटवल हेर्नकै लागि एउटा सैलुनमा भेला भएका अरु पाँच जना पनि मारिएका छन् । निलो भ्यानमा आएका व्यक्तिले उनीहरुलाई आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

शनिबार विहानै अरु तीन जनालाई छिमेकीको एउटा भोजबाट निकालेर बन्दुकधारीले हत्या गरेका थिए । यस सहरमा यो एक महिनामा मात्रै १२८ जना मारिएका छन् । सरकारले सन् २००६ मा लागूऔषध विरुद्धको विवादास्पद कानुन जारी गरेपछि झण्डै दुई लाख जना मारिएका छन् । सरकारी अधिकारीले ती मारिएकामध्ये कतिजना योजनाबद्धरुपमा आपराधिक क्रियाकलापमा संलग्न थिए भन्ने बारेमा यकिन नभएको बताएका छन् ।

प्रकाशित समय : ०१:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु