काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बुटवल–तानसेन सडक एकतर्फी सञ्चालनमा

6.44K
shares

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरो हटाएपछि एकतर्फी सडक सञ्चालनमा आएको छ । गए राति सवा ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३, हेडबक्सनजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
पूरै पहिरो हटाउन अझै केही समय लाग्ने पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची र पाल्पाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारीसाधन बाटोमै अलपत्र परेका थिए ।