काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मोरङको कानेपोखरीमा अवैध रूपमा सञ्चालित बालगृहबाट १४ बालबालिकाको उद्धार

1.07K
shares

मोरङ । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा अवैध रूपमा सञ्चालनमा रहेको बालगृहबाट १४ जना बालबालिकाको उद्धार गरिएको छ ।

संयुक्त अनुगमनका क्रममा बालगृहबाट ५ जना बालक र ९ जना बालिका गरी १४ जना बालबालिकाको उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकालाई तत्काल अस्थायी संरक्षण प्रदान गरी आवश्यक संरक्षण तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ ।

प्रदेश बालअधिकार समिति, राष्ट्रिय बालअधिकार परिषद्, कानेपोखरी गाउँपालिकाका बालकल्याण अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त अनुगमन टोलीले स्थलगत अनुगमन गरी उद्धार कार्य सम्पन्न गरेको हो ।

बालबालिकाको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्ने उद्देश्यले गरिएको उक्त कार्यसँगै घटनाको थप व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ ।