काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नि:शुल्क आँखा शिविरबाट चारसय जना लाभान्वित

1.13K
shares

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-९ स्थित रामटोलमा भएको नि:शुल्क आँखा शिविरबाट ४०३ जना सर्वसाधारणले नि:शुल्क उपचार सेवा लिएका छन् । लायन्स क्लब अफ महाकाली इन्जिनियर्सले महेन्द्रनगर आँखा अस्पतालको सहयोगमा सञ्चालन गरेको शिविरबाट ४०३ जना स्थानीय लाभान्वित भएका हुन् ।

शिविरमा आँखा जाँच गराएकामध्ये ४४ जनाको मोतिबिन्दुको समस्या देखिएको महेन्द्रनगर आँखा अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले जानकारी दिए । उनका अनुसार १६५ जनालाई नि:शुल्क चस्मा वितरण गरिएको छ ।