काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सप्तकोशीमा पानीको बहाव बढ्यो

10.65K
shares

पहाडी जिल्लामा लगातार परेको वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।
पानीको सतह बढेसँगै राजावास क्षेत्रको २६–४०, २६–८८, २७–१० र २७–४० स्परमा कटान गर्न शुरु भएको छ । स्परमध्ये २६–८८ नम्बरमा बराहक्षेत्रबाट आउने नदीको बहाव सिधै ठोक्कीएपछि बढी कटान भइरहेको स्थानीयले बताएका छन् ।

मध्यान्ह १२ बजेसम्म ४.५५ मिटर पानीको सतह मापन गरिएको छ । कोशी नदीमा ५.६० मिटर कटेपछि चेतावनी तथा ६.८० कटेपछि खतराको रुपमा लिइन्छ ।

कोशी नदीमा पानीको बहावको मापन नेपाली र भारतीय दुवै पक्षले गर्ने गरेका छन । जसमा भारतीय पक्षले घण्टा घण्टामा रेकर्ड राख्ने गरेको छ भने नेपालीले दुईदुई घण्टामा । तर, नेपाली पक्षले गर्ने पानीको मापन बेला–बेला गलत भएर चेतावनीको साईरन बज्ने र रातो झण्डा राख्ने कार्य भइरहेको पाइएको छ ।

मापन सहि नगर्दा कोशी आसपासका स्थानियहरु त्रासित हुने गरेका छन ।
पहाडी जिल्लाहरुमा बर्षात भएका बेला कोशीमा पानीको सतह बढ्ने गर्छ । तर, पानी बढेपछि मापन गर्ने सयंन्त्र चुस्त दुरुस्त नहुँदा समस्या हुने गरेको छ ।