काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कात्तिकमा ६४ हजार दर्शनार्थीले गरे पाथीभरा दर्शन, भेटी झन्डै ५० लाख

1.72K
shares

ai logo सारांश

  • ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट कात्तिक महिनामा झन्डै ५० लाख रुपैयाँ भेटी संकलन भएको छ ।
  • पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार कात्तिक महिनामा ४९ लाख ८७ हजार २०० रुपैयाँ भेटी संकलन भएको हो ।
  • कात्तिक महिना मात्र पाथीभरामा ६४ हजार १०६ जना दर्शनार्थी पाथीभरा मन्दिरको दर्शनका लागि आएका थिए ।

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट कात्तिक महिनामा झन्डै ५० लाख रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार कात्तिक महिनामा ४९ लाख ८७ हजार २०० रुपैयाँ भेटी संकलन भएको हो ।

कात्तिक महिना मात्र पाथीभरामा ६४ हजार १०६ जना दर्शनार्थी पाथीभरा मन्दिरको दर्शनका लागि आएका थिए । त्यतै असोज महिनामा १६ लाख ४१ हजार १५० रुपैयाँ भेटी संकलन भएको थियो भने भदौमा २३ लाख ६७ हजार रुपैँया भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्क रहेको छ पाथीभरा क्षेत्र विकास समितिले संकलित भएको भेटीमध्ये हरेक महिना गणना भएको रकम सार्वजनिक गर्दै आइरहेको छ ।

पाथीभरामा कात्तिक २८ गते शनिबार विगत वर्ष यताकै एकै दिन धेरै दर्शनार्थी आएका थिए । पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि प्रमुख सन्तोष पुर्कुटीका अनुसार उक्त दिन ११ हजार २७२ जनाले मन्दिरको दर्शन गरेका थिए । तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा धाम पुग्न धरान–माझीटार हुँदै तमोर करिडोर वा झापाको बिर्तामोडबाट इलाम–पाँचथर हुँदै मेची राजमार्ग प्रयोग गर्न सकिन्छ ।

सुकेटारसम्म पक्की सडक रहेको छ भने काफ्लेपाटीसम्म कच्ची सडक रहेको छ । त्यस्तै काठमाडौं—सुकेटार हावाईमार्ग समेत प्रयोग गर्न सकिने छ । क्षेत्र विकास समितिका अनुसार काफ्लेपाटीदेखि पाथीभरा पुग्न पाँच किलोमिटर पैदल यात्रा गर्नुपर्ने हुँदा श्रद्धालुहरूका लागि यात्रा विशेष बन्ने गरेको छ । पैदल मार्गलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा पानी र हिउँबाट जोगिने फाइबर छाना राखिएका छन् ।