शान्ति करोडमा, संगम रोडमै !
वि.सं.२०७५ असार १८ सोमवार १६:०२
shares

बिल्कुलै पृथक शैलीको गीत ‘तिमि करोडमा सानु’ सार्वजनिक गरिएको छ । यो गीतमा प्रेमी र प्रेमीकाबीचको दुरीलाई देखाउने प्रयास गरिएको छ ।

संगम लिम्बुको शब्द संगीत तथा स्वरमा तयार यो गीतमा गायकले नै अभिनय गरेका छन् उनलाई अभिनयमा साथ दिएकी छिन् शान्ति लिम्बुले ।

गीतको भिडियोमा वीरेन्द्र भाट बिपिन तथा संगम लिम्बुको निर्देशन, महेश महराको छायांकन तथा बिपिनको सम्पादन रहेको छ ।






















