गृहपृष्ठ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी विजयी
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी विजयी
पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा दामु अधिकारी निर्वाचित भएका छन् । समामवेशी प्यानलमार्फत चुनावी मैदानमा उत्रिएका उनले लोकतान्त्रिक समूहका रवीन्द्रबहादुर प्रजूलाई ७ मतको झिनो अन्तरले पराजित गरेका हुन् । अधिकारीले १ हजार ४ सय ७८ मत ल्याउदा उनका प्रतिद्वन्द्वी प्रजुले १ हजार ४ सय ७१ मत प्राप्त गरे ।
संघको बरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योगतर्फको उपाध्यक्षमा बिन्दु कोइराला सुबेदी, वाणिज्यतर्फको उपाध्यक्षमा पवन प्रजापति तथा महासचिवमा अर्जुन पोखरेल विजयी भएका छन् ।
प्रकाशित समय : ०१:५१ बजे



















