global ime bank Long Banner Ad

गृहपृष्ठ बलात्कारका घटनाप्रति महिला संघद्वारा सरकारको ध्यानाकर्षण

बलात्कारका घटनाप्रति महिला संघद्वारा सरकारको ध्यानाकर्षण

बलात्कारका घटनाप्रति महिला संघद्वारा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनामा कमी नआएको भन्दै नेपाल महिला संघले सरकारको ध्यानाकर्षण गरेको छ । संघको उपत्यका समितिले संयुक्त ज्ञापनपत्र जारी गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गरेको हो ।

कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछिको हत्या प्रकरणपछि देशका विभिन्न जिल्लामा बलात्कार, हत्या, हिंसा, अराजकता, दण्डहिनता र आकासिँदो महँगीविरुद्ध संघको ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ । ‘८ महिनाका शिशुदेखि ७० वर्षसम्मका महिलामाथि भएका बलात्कारका घटनामा वृद्धि भइरहँदा पनि वर्तमान सरकारको गम्भीर ध्यान नजानु दुर्भाग्यपूर्ण हो,’ पत्रमा लेखिएको छ ।

यस्ता जघन्य अपराधिक घटनाहरु भइरहँदा सरकार संवेदनशील नभएको भन्दै संघले ध्यानाकर्षण गराउँनुपरेको बताएको छ । बलात्कार तथा हत्या रोक्न र दोषी पहिचान गर्न तथा आम नागरिकको सुरक्षा प्रत्याभूति गराउन संघले सरकारसँग माग गरेको छ ।

प्रकाशित समय : ०२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु