काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

संसदीय सुनुवाइ समितिको सभापतिमा कर्ण

13.76K
shares

संसदीय सुनुवाई विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण चयन भएका छन् । संसदीय सुनुवाइ विशेष समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कर्णलाई सभापतिमा निर्विरोध चयन गरेको हो । सभापतिमा उनको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

यसअघि पनि कर्णलेनै जेष्ठ सदस्यको हैसियतमा समितिको सभापतिको भूमिका निर्वाह गर्दै आएका थिए । नवनिर्वाचित सभापति कर्णले समितिको काममा आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘समितिले मलाई निर्विरोध निर्वाचित गरेको छ, मैले पनि समितिका सबै निर्णयहरु सर्वसम्मत ढंगले सम्पन्न गर्नेछु ।’

बैठकमा समितिका सदस्यहरुले नवनिर्वाचित सभापति कर्ण नेतृत्वको समितिले आफ्नो कामलाई उदाहरणीय रुपमा अघि बढाउने विश्वास व्यक्त गरेका थिए । कर्ण राष्ट्रिय जनता पार्टी, नेपालका प्रतिनिधिसभाका सांसद हुन् ।