गृहपृष्ठ निर्मलाका पक्षमा न्याय माग्दै देशभर विशाल प्रदर्शन
निर्मलाका पक्षमा न्याय माग्दै देशभर विशाल प्रदर्शन
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै देशभर विशाल प्रदर्शन भएको छ । निर्मलाको हत्या भएको ५२ दिनसम्म पनि दोषी पक्राउ नगरिएको भन्दै सरकारलाई दबाब दिन देशभर प्रदर्शन र नागरिक सभा गरिएको हो ।
‘निर्मलाका निम्ति न्याय’ नाम दिएर प्रदर्शन सुरू भएको छ । काठमाडौंको माइतिघरमा दिउँसो १ बजेदेखि प्रदर्शन भइरहेको छ ।

सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा पनि युवाहरुले ‘निर्मलालाई न्याय देउ’ भन्दै अभियान नै चलाएका छन् । सामाजिक सञ्जालमा पनि सरकारले हत्यारा पक्राउ नगरेको भन्दै सरकारको आलोचना भइरहेको छ ।
निर्मलाका बाब आमा पनि न्याय खोज्दै काठ्माडौंमा छन् । एकसातादेखि काठमाडौंमा रहेका बुबा यज्ञ पन्त र आमा दुर्गादेवी पन्तले शुक्रबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर दोषीलाई कारबाही गरी छोरीलाई न्याय दिन माग गरेका छन् ।

जवाफमा गृहमन्त्री थापाले अनुसन्धान अन्तिम चरणमा पुगेकाले छिट्टै अपराधि सार्वजनिक गर्ने आश्वासन दिएका थिए । निर्मलाका बुबा-आमाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई पनि भेट्ने बताएका छन् । निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।





प्रकाशित समय : २०:१३ बजे



















