global ime bank Long Banner Ad

गृहपृष्ठ प्रचण्ड चीन प्रस्थान

प्रचण्ड चीन प्रस्थान

प्रचण्ड चीन प्रस्थान

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन प्रस्थान गरेका छन् । भारत भ्रमणबाट फर्किएको एक सातापछि प्रचण्ड उत्तरी छिमेकी देश चीन प्रस्थान गरेका हुन् ।

दुर्इ देशबीचको सम्बन्ध थप बलियो बनाउन तथा विगतका सहमति र समझदारी कार्यान्वयनको वातावरण बनाउनु भ्रमणको मुख्य उद्देश्य रहेको प्रचण्डले बताएका छन्  । ‘पार्टी टु पार्टी सम्बन्ध नै भ्रमणको मुख्य उद्देश्य हुनेछ,’ चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग उनले भने । उनी चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन प्रस्थान गरेका हुन् ।

प्रकाशित समय : १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु