गृहपृष्ठ उदयपुरमा बलात्कार : शिवबहादुर पाँच वर्षका लागि जेल चलान
उदयपुरमा बलात्कार : शिवबहादुर पाँच वर्षका लागि जेल चलान
बालात्कार मुद्दामा उदयपुर त्रियुगा नगरपालिका १४ साउनेका ३६ बर्षिय शिवबहादुर राई जेल चलान भएका छन् ।
३३ बर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दोषी ठहर गर्दै जिल्ला अदालत उदयपुरले मंगलबार उनलाई ५ बर्ष कैद र पीडितलाई ५० हजार क्षतिपूर्ति उपलब्ध गराउने फैसला सुनाएको हो ।
गत २०७४ फागुन २८ गते शिवबहादुरले बलात्कार गरेको भन्दै पीडित महिलाले उजुरी दिएकी थिइन् ।
प्रकाशित समय : १८:०० बजे


















