global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाललाई दक्षिण कोरियाको साढे पाँच करोड रुपैयाँ सहयोग

नेपाललाई दक्षिण कोरियाको साढे पाँच करोड रुपैयाँ सहयोग

नेपाललाई दक्षिण कोरियाको साढे पाँच करोड रुपैयाँ सहयोग

दक्षिण कोरियाले नेपालको प्राविधिक तथा व्यावसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि पाँच करोड ५० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बुधबार अर्थसचिव डा. राजन खनाल र नेपालका लागि दक्षिण कोरियाका राजदुत एचई पार्कले नेपालको प्राविधिक तथा व्यावसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । दक्षिण कोरियाको ‘कोइका’ नामक अन्तर्राष्ट्रिय एजेन्सीमार्फत् नेपाल सरकारलाई उपलब्ध गराउने सो आर्थिक सहायता नेपालको प्राविधिक तथा व्यवसायिक शिक्षाको गुणस्तर वृद्धि गर्ने कार्यक्रममा खर्च हुने अर्थ सचिव खनालले जानकारी दिए ।

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्कले नेपालको सामाजिक–आर्थिक विकासमा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाए । उनले व्यावसायिक तथा प्राविधिक शिक्षा विकासमा नेपालले उल्लेख्य प्रगति गर्ने विश्वास पनि व्यक्त गरे ।

प्रकाशित समय : १७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु