गृहपृष्ठ रौतहटमा स्थानीय र प्रहरीबीच झडप, २० राउन्ड हवाई फायर
रौतहटमा स्थानीय र प्रहरीबीच झडप, २० राउन्ड हवाई फायर
रौतहट गरुडा नगरपालिका श्रीपुर घाटमा शव जलाउने विषयमा स्थानीय र प्रहरीबीच झडप भएको छ ।झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २० राउन्ड हवाई फायर गरेको छ ।
स्थानीयले सहमति विपरित श्रीपुर घाटमा शव जलाउन थालेपछि प्रहरीले रोकेको थियो ।सो क्रममा झडप हुँदा हवाई फायर गरिएको रौतटहका एसपी केदार ढकालले बताए । केहि समयअघि घाट नजिक बस्ती बाक्लो भएकाले शव नजलाउने सहमति भएको थियो ।
प्रकाशित समय : २२:५२ बजे


















