गृहपृष्ठ असोज १७ गते डीभी खुल्ने
असोज १७ गते डीभी खुल्ने
यही असोज १७ गते अमेरिकाले दिँदै आएको इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) लोटेरीका लागि आवेदन खुल्ने भएको छ । सन् २०२० का लागि असोज १७ गते बिहान पौने १० बजेदेखि डीभी आवेदन खुल्ने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
डीभी भर्न तोकिएको समयभित्र www.dvlottery.state.gov मा गएर सोधिएको प्रश्नको उत्तर भर्नुपर्नेछ । निवेदकले २१ वर्षभन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नुपर्ने छ भने एउटा मात्र आवेदन दिनुपर्ने छ ।
एकभन्दा बढी आवेदन दिए रद्द हुने दूतावासले जनाएको छ । यसअघि डीभी भर्दा प्रयोग गरेको फोटो पुनः प्रयोग गर्न पाइने छैन भने चश्मा लगाएको फोटो अमान्य हुनेछ । आवेदकले आगामी कार्तिक २० गते राति पौने ११ बजेसम्म आवेदन दिन सक्ने छन् । डीभी भरेपछि पाउने कन्फर्मेसन नम्बर सुरक्षित राखे डी परेको/नपरेको थाहा पाउन सजिलो हुनेछ ।
प्रकाशित समय : २३:०७ बजे


















