global ime bank Long Banner Ad

गृहपृष्ठ प्रहरीमा जागीर लगाइदिन्छु भन्दै ठगी गर्ने भूपू प्रहरी पक्राउ

प्रहरीमा जागीर लगाइदिन्छु भन्दै ठगी गर्ने भूपू प्रहरी पक्राउ

प्रहरीमा जागीर लगाइदिन्छु भन्दै ठगी गर्ने भूपू प्रहरी पक्राउ

प्रहरीमा जागीर लगाइदिन्छु भन्दै ठगी गर्ने एक भूतपूर्व प्रहरी फन्दामा परेका छन् ।

दाङको घोराही बजारमा मेट्रो सिटी सेक्युरिटी कम्पनी सञ्चालन गर्दै आइरहेका भूतपूर्व प्रहरी कालीबहादुर लामालाई प्रक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो ।

दोलखा भीमेश्वर नगरपालिका–२ चरिकोट घर भई काठमाडौँ पेप्सीखोला बस्दै आएका ५१ वर्षीय लामालाई काठमाडौँबाट दाङ प्रहरीसहित सीआईबीको टोलीले पक्राउ गरेको हो । अभियुक्त लामाले करीब ६०/७० जनासँग जनही दुई लाख ५० हजार रूपैयाँसम्म लिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कृष्णहरि शर्माका अनुसार सल्यानका पीडित भीमसेन भण्डारीले प्रहरीमा उजुरी दिएपछि लामाको ठगी गतिविधि खुल्न आएको छ ।

हतियारसहित पक्राउ

जिल्ला प्रहरी कार्यालय दाङले हतियारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । यूसए लेखिएको अटोमेटिक पेस्तोलसहित घोराही–१३ बडहराका २७ वर्षीय वीरबहादुर चौधरीलाई पक्राउ परेका हुन् । चौधरीको साथबाट पेस्तोलसँगै एक थान म्याग्जिन र चार राउण्ड गोलीसमेत फेला परेको छ ।

प्रकाशित समय : १३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु