global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिबन्धित नोटसहित भारतीय नागरिक पक्राउ

प्रतिबन्धित नोटसहित भारतीय नागरिक पक्राउ

प्रतिबन्धित नोटसहित भारतीय नागरिक पक्राउ

प्रतिबन्धित भारतीय नोटसहित कञ्चनपुरको बेलौरी खप्टे नालाबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

आइतबार साँझ भारतको पिलिभित ग्राम राजापुरी थाना हजारा बस्ने ५५ वर्षीय सतमान सिंहलाई प्रहरीले भारतीय प्रतिबन्धित नोटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका भारतीय नागरिक सिंहबाट प्रतिबन्धित ५०० दरका दुई लाख भारतीय रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए । सिंहलाई इलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु