गृहपृष्ठ प्योङयाङमा किम र मुनबीच पहिलोपटक शिखर वार्ता हुँदै
प्योङयाङमा किम र मुनबीच पहिलोपटक शिखर वार्ता हुँदै
उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनबीच मंगलबार उत्तर कोरियाको राजधानी प्योङयाङमा भेटवार्ता हुने भएको छ ।
किम र मूनबीच हुन लागेको यो तेस्रो बैठक भएपनि उत्तरको प्योङयाङमा भने पहिलो हो । शिखर बैठकमा दक्षिण कोरियाका अन्य उच्च अधिकारी र व्यापारीहरूले समेत भाग लिने बताइएको छ ।
यसअघि दुई कोरियाको सीमा क्षेत्रमा किम तथा मूनबीच भेटवार्ता भएको थियो । गत जुनमा अमेरिकी राष्ट्रपति डनाल्ड ट्रम्पसँग भेट भएपछि उत्तर कोरिया व्यालेस्टिक मिसाइल परिक्षण र परमाणु निशस्त्रीकरणमा सहमत भएको थियो । सन् १९५३ मा दुई कोरियाबीचको युद्ध अन्त्य भए पनि प्राविधिक रूपमा दुई कोरिया अहिले पनि युद्धको अवस्थामा छन् ।
प्रकाशित समय : १४:०२ बजे



















