गृहपृष्ठ वायुसेवा निगमको कार्यकारी अध्यक्षमा खरेल
वायुसेवा निगमको कार्यकारी अध्यक्षमा खरेल
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल नियक्त भएका छन् । अाइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले खरेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि निगम संचालक समितिको अध्यक्षमा पर्यटन सचिव कृष्ण देवकोटा थिए । पर्यटन सचिवको अध्यक्षता हुने स्थानमा खरेललाई ल्याइएको हो । खरेल २०६९ सालमा खुला प्रतिष्प्रधाबाट महाप्रबन्धमा छानिएर २०७१ चैतमा २९ महिना काम गरी जागिर त्यागेका थिए । त्यसपछि महाप्र्रबन्धकको जिम्मेवारी सुगतरत्न कशाांकारले सम्हाल्दै आएका छन् । उनको पदावधि सकिन करिब ९ महिना बाँकी छ ।
प्रकाशित समय : १२:५१ बजे


















