गृहपृष्ठ एसपी विष्टसहित ६ जना प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण गरिने
एसपी विष्टसहित ६ जना प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण गरिने
कञ्चनपुरकी १३ वर्षीषा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण छानबिन गर्न समिथिमाथी समिति बनेका छन् । तर, अहिलेसम्म कुनै पनि समितिले दोषी पत्ता लगाउन सकेको छैन । सरकारले उच्चस्रतीय समिति बनाएको छ । समितिले प्रतिवेदन बनाउने काम गरिरहेको जनाइएको छ ।
प्रहरीले पनि घटनाको अनुसन्धान गर्न छुट्टै समिति बनाएको छ । आइतबार मात्र डीआईजी धिरु बस्न्यातको नेतृत्वमा नयाँ समिति बनाइको छ । अनुसन्धान प्रभावकारी नभएको भन्दै सरकारले प्रहरी उच्च अधिकारीलाई निलम्बन गरेपछि प्रहरीले नयाँ समिति बनाएको हो । सरकारले एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेटी, डीएसपी अंगुर जिसी, इन्स्पेक्टर जगदीश भट्ट इन्स्पेक्टर एकेन्द्र खड्का, असई रामसिंह धामीलाई निलम्बन गरेको छ ।
नयाँ बनाइएको समितिलाई छानबिन गरि दोषीलाई कारबाहीका लागि सिफारिस गर्ने अधिकार दिइएको छ । नयाँ समितिले छानबिन समेत सुरु गरेको छ । समितिले एसपी विष्टसहित ६ जना प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण गर्ने तयारी गरेको छ । हत्याका दोषीलाई जोगाउन खोजेको र निर्दोषलाई पक्राउ गरेको भन्दै उनीहरुको पोलिग्राफ परीक्षण गर्न लागिएको हो ।
र्निमलाको हत्या भएको दु्ई महिना पुग्न लाग्दा पनि वास्तविक हत्यारा पक्राउ भएको छैन । हत्यारा पक्राउको माग गर्र्दै देशभार आन्दोलन चलिरहेको छ । निर्मलाका बुबा आमा पनि छोरीको न्याय खोज्दै काठ्माडौंमा छन् । कञ्चनपुरमा न्याय नपाएपछि बाबु यज्ञ पन्त र आमा दुर्गादेवी पन्त काठमाडौं आएका हुन् । तर, काठमाडौंले पनि न्याय दिनेमा उनीहरुले आशंका गरेका छन् ।
यो पनि पढ्नुस्
छानबिन गर्न डीआइजी धिरु बस्नेतको संयोजकत्वमा नयाँ समिति
प्रहरीबाट ठूलो भूल भएको छ, दोषी एसपी नै भए पनि कारबाही हुन्छ : प्रहरी प्रवक्ता
प्रकाशित समय : १६:२८ बजे



















