गृहपृष्ठ आगामी असोज ५ गतेदेखि दशैंकाे अग्रिम टिकट खुला हुने
आगामी असोज ५ गतेदेखि दशैंकाे अग्रिम टिकट खुला हुने
आगामी असोज ५ गतेदेखि दशैंकाे लागि अग्रिम टिकट खुला गर्न यातायात व्यवसायी र सरकार सहमत भएका छन् । यातायात व्यवस्था विभागमा आइतबार भएको छलफलमा अग्रिम टिकट खुला गर्ने सहमति भएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले असोज ५ गतेदेखि अग्रिम टिकट् खुला गर्ने सहमति भएको जानकारी दिए ।
यातायातथ व्यवसायीले सरकारले रोक्का गरेका समितिको खाता फुकुवा गरिदिनुपर्ने माग गरेका थिए । विभागले खता फुकुवा गरिदिन पहल गर्ने प्रतिबद्धता जनाएपछि व्यवासयी अग्रिम टिकट खुला गर्न तयार भएका हुन् । सरकारले यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न समितिको खाता रोक्का गरेको थियो । तर, रोक्का भएको खाता फुकुवा गर्न सरकार लचिलो भएको हो ।
छलफलमा महासंघका पदाधिकारी नेपाल प्रहरी, ट्राफिक प्रहरी र विभागका अधिकारी सहभागी थिए । २० लाख भन्दा धेरै नागरिक दशैं मनाउन काठमाडौंबाट बाहिर जिल्ला जाने गरेका छन् ।
प्रकाशित समय : १५:५७ बजे



















