global ime bank Long Banner Ad

गृहपृष्ठ गाउँपालिकाको २६ वटा सिफारिश निःशुल्क

गाउँपालिकाको २६ वटा सिफारिश निःशुल्क

गाउँपालिकाको २६ वटा सिफारिश निःशुल्क

सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ ।

गाँउपालिकाले सेवा सहज बनाउन र जनतामाथि करको भार पर्न नदिनका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले जानकारी दिए । मोही नामसारी तथा मोही बाँडफाँट सिफारिश, निवेदन दस्तुर, कच्ची घर प्रमाणित, बसोबास प्रमाणित, नाम थर उमेरलगायत संशोधन, टिनको छाना भएको कच्ची घर कायम सिफारिश, तीनपुस्ते खुल्ने लगायतका सिफारिश निःशुल्क गरेको छ ।

नागरिकता प्रमाणपत्र सिफारिश, नागरिकता सर्जमीन, नागरिकताको प्रतिलिपि सिफारिश, अंगीकृत नागरिकता सिफारिश, वैवाहिक अंगीकृत, विवाह प्रमाणपत्र, जन्म प्रमाणित, मृत्यु प्रमाणित, बसाइँसराइ प्रमाणित, अविवाहित प्रमाणितमा पनि कर तोकेको छैन । यस्तै चारित्रिक एवं सूचीकृत वर्ग सिफारिश कोशी गाउँपालिकामा स्थायी बसोबास नभएको हकमा, कृषिसम्बन्धी सिफारिश बोरिङ गर्नेसमेत, व्यवसाय बन्द गर्ने सिफारिश, नाता प्रमाणित नेपालीमा, नाता प्रमाणित अङ्ग्रेजीमा, नम्बरी जग्गाको रुख काट्ने सिफारिश, विद्युत् सिफारिश लगायतका सिफारिश निःशुल्क बनाउने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष अनितादेवी यादवले जानकारी दिएकी छन् ।

प्रकाशित समय : १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु