गृहपृष्ठ उखु उत्पादक कृषकलाई अनुदान दिने सरकारको निर्णय
उखु उत्पादक कृषकलाई अनुदान दिने सरकारको निर्णय
सरकारले उखु उत्पादक कृषकलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उखु उत्पादक कृषकलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय गरेको हो । बैठकले चालु आर्थिक वर्षका लागि एक लाख टन चिनीको कोटा निर्धारण समेत गरेको छ ।
त्यस्तै बैठकले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट प्रकारको योगदान पु¥याउने व्यक्तिलाई विभूषित गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
बैठकले मुलुकी फौजदारी (अपराध) संहिताको अनुसूची हेरफेर गरी सबै प्रकारका ठगी मुद्दाको बादी नेपाल सरकार हुने गरी संशोधन गरेको छ । त्यस्तै नेपालगञ्जको खजुरामा रहेको कपास विकास समितिको नाम परिवर्तन गरी राष्ट्रिय कपास विकास समिति बनाउने निर्णय गरेको छ ।
प्रकाशित समय : १७:१२ बजे



















