global ime bank Long Banner Ad

गृहपृष्ठ कार्यालय सहयोगीको भरमा भन्सार

कार्यालय सहयोगीको भरमा भन्सार

कार्यालय सहयोगीको भरमा भन्सार

इलामको सूर्योदय नगरपालिकास्थित मानेभञ्ज्याङ छोटी भन्सार कार्यालय सहयोगीको भरमा चलेको छ ।

पूर्वीपहाडी क्षेत्रको पशुपतिनगर भन्सार कार्यालय इलामअन्तर्गतको छोटी भन्सार कार्यालय एक जना कार्यालय सहयोगीको भरमा मात्र सञ्चालन हुँदै आएको हो । चार जना कर्मचारीले सञ्चालन गर्ने मानेभञ्ज्याङ छोटी भन्सार कार्यालयमा अहिले कार्यालय सहयोगी लाउरे धिमाल मात्रै कार्यरत छन् । नेपालबाट तरकारी, जडीबुटी निर्यात हुने र भारतबाट दैनिक उपभोग्य सामग्री आयात हुँदै आएको मानेभञ्ज्याङ नाकामा दरबन्दीअनुसारको कर्मचारी नहुँदा चोरी तस्करीसमेत बढेको ।

भन्सार कार्यालयमा जनशक्ति अभावले राजश्व पनि न्यून मात्रै संकलन हुँदै आएको छ । अघिल्ला वर्षमा राजश्व लक्ष्यअनुसार संकलन भए पनि हाल कर्मचारी अभावले मासिक रु २० देखि २५ हजार मात्रै संकलन हुने कार्यालय सहयोगी धिमालले जानकारी दिए ।

२०६८ साल असोजको भूकम्पले कार्यालयको आफ्नै भवन क्षतिग्रस्त भएपछि भन्सार कार्यालयले भाडाको घर प्रयोग गर्दै आएको छ ।

प्रकाशित समय : १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु