global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाली सैनिक जवानमाथि सुडानमा गोली प्रहार

नेपाली सैनिक जवानमाथि सुडानमा गोली प्रहार

नेपाली सैनिक जवानमाथि सुडानमा गोली प्रहार

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत एक सैनिक जवान गोली लागेर घाइते भएका छन् ।

आइतबार बिहान दक्षिण सुडानको पिपुल्स लिवरेशन आर्मी (एसपिएलए)का तर्फबाट चलाइएको गोली लागि घाइते भएका जवानको स्वास्थ्य अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उनको राजधानी जुवास्थित अस्पतालमा उपचार भइरहेको नेपाली सेनाले जानकारी दिएको छ । यई भन्ने स्थानमा तैनाथ नेपाली सेनाको कम्पनी अपरेटिङ वेशबाट दैनिकरुपमा पानी ढुवानी गर्न खटिएको टोलीमाथि फर्कने क्रममा गोली प्रहार हुँदा सैनिक जवान घाइते भएको बताइएको छ । घाइते सैनिकको नाम भने खुल्न सकेको छैन ।

प्रकाशित समय : १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु