global ime bank Long Banner Ad

गृहपृष्ठ धरान उपमहानगरपालिका विरुद्ध उच्च अदालतमा रिट दायर

धरान उपमहानगरपालिका विरुद्ध उच्च अदालतमा रिट दायर

धरान उपमहानगरपालिका विरुद्ध उच्च अदालतमा रिट दायर

धरान उपमहानगरपालिका विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर भएको छ । धरान उपमहानगरपालिकाले जारी गरेको शिक्षा नियमावली २०७४ को खारेजीको माग राख्दै उच्च अदालतमा रिट दर्ता भएको हो ।

अधिवक्ता सुमनचन्द्र कार्कीले कानुन विपरित भएको भन्दै धरान उपमहानगरपालिकाले बनाएको शिक्षा नियमावाली २०७४ बदरको माग गर्दै अदालतमा रिट दायर गरेकाे रजिष्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

धरान उपमहानगरपालिकाले शिक्षा नियमावाली २०७४ बनाएर ०७४ पुसमा राजपत्रमा प्रकाशित गरेको थियो । संविधानको धारा २२६ गाँउ/नगर सभाले अनुसुची ८/९ बमोजिक सुचिमा उल्लेखित विषयमा आवश्यक कानुन बनाउन सकिने र कानुन बनाउने प्रकृया प्रदेश कानुन अनुसार बनाउन सकिने प्रावधान छ ।

उच्च उदालतका न्यायधिस उमेशकुमार सिंहको एकल इजालासले १२ असारमा धरान उपमहानगरपालिकालाई त्यस विषयमा लिखित जवाफ मागेको थियो ।धरान उपनगरपालिकाले आवश्य जवाफ समेत दिइसकेकाले सो विषयमा आगामी ८ आसोजमा पेशी रेहेको उच्च आदालत प्रशासनले जनाएको छ ।

प्रदेश सरकारले दिएको सार्बजनिक बिदाको विषयलाई लिएरपनि यसअघि उच्च अदालतमा रिट दायर भएको थियो । अधिवक्ता मोहनसिंह लिम्बुले प्रदेश सरकारले दिने बिदा बदरको माग गर्दै अदालतमा निवेदन दिएका थिए । तर, पछि उनले निवेदन फिर्ता लिएका थिए ।

प्रकाशित समय : १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु