global ime bank Long Banner Ad

गृहपृष्ठ निर्मलाका बाबुअामाको प्रश्न- प्रधानमन्त्रीज्यू ! छोरीले कहिले न्याय पाउँछिन् ?

निर्मलाका बाबुअामाको प्रश्न- प्रधानमन्त्रीज्यू ! छोरीले कहिले न्याय पाउँछिन् ?

निर्मलाका बाबुअामाको प्रश्न- प्रधानमन्त्रीज्यू ! छोरीले कहिले न्याय पाउँछिन् ?

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीषा बालिका निर्मला पन्तका बुबा आमाले प्रधानमन्त्री केपी ओलीलाई भेटेर दोषीलाई कारबाही गर्न माग गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा अधिकारकर्मी सहित पुगेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तले प्रधानमन्त्री ओलीसँग छोरीको हत्यारालाई कारबाही गर्न माग गरेका हुन् ।

छोरीको हत्या प्रकरणको विषयमा आमा दुर्गादेवीले प्रधानमन्त्री ओलीलाई जानकारी गराएकी थिइन् ।प्रधानमन्त्रीसँग भावुक हुँदै बोलेकी उनीले आफूहरुले न्याय पाउने की नपाउने भनेर प्रश्न गरेकी थिइन् ।

दोषीलाई कारबाहीको माग गर्दै उनीहरुले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।‘कञ्चनपरमा न्याय पाउन सकिएन, वास्तविक हत्यारालाई जोगाउन खोजीयो, अन्तत  न्यायको लागि काठमाडौं आएका हौं’, ‘दुर्गादेवीले भनिन्, हामीले न्याय पाउने की नपाउने ?’ कञ्चनपुर प्रहरीले वास्तविक हत्यारालाई जोगाउन र प्रमाणहरु नष्ट गरेको भन्दै निर्मलाका आमा बुबा एक सातादेखि काठमाडौंमा छन् ।

जवाफमा प्रधानमन्त्री ओलीले घटनाका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । ‘निर्मला हाम्री पनि छोरी हुन्, छानबिन समितिले काम गरिरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘भोली कसैलाई पनि यस्तो नहोस्’ । सरकारले छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ । समितिको प्रतिवेदन आएपछि दोषीलाई कारबाहि गरिने प्रधानमन्त्री ओलीले बताए ।

निर्मलाको हत्या भएको दुई महिना पुग्न लाग्दा पनि वास्तविक हत्यारा पक्राउ परेको छैन । सरकारले घटना ढाकछोप गर्न लागेको भन्दै सदनदेखि सडकसम्म आन्दोलन चलिरहेको छ । गत साउन १० गते घरबाट साथीको घरका गएकी निर्मला भोलीपल्ट मृत अवस्थामा भेटिएकी थिइन् ।

यो पनि पढ्नुस्

एसपी विष्टसहित ६ जना प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण गरिने

छानबिन गर्न डीआइजी धिरु बस्नेतको संयोजकत्वमा नयाँ समिति

प्रहरीबाट ठूलो भूल भएको छ, दोषी एसपी नै भए पनि कारबाही हुन्छ : प्रहरी प्रवक्ता

 

प्रकाशित समय : १९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु