global ime bank Long Banner Ad

गृहपृष्ठ सञ्चय कोषको वार्षिकोत्सव, सञ्चयकर्ताको हितमा प्रतिबद्ध छाैं : प्रशासक गौतम

सञ्चय कोषको वार्षिकोत्सव, सञ्चयकर्ताको हितमा प्रतिबद्ध छाैं : प्रशासक गौतम

सञ्चय कोषको वार्षिकोत्सव, सञ्चयकर्ताको हितमा प्रतिबद्ध छाैं : प्रशासक गौतम

कर्मचारी सञ्चय कोषले विभिन्न कार्यक्रमको आयोजना गरी ५७ औं वार्षिकोत्सव मनाएको छ । कोषले आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चय कोष सामाजिक सुरक्षण कोषसमेत रहेकाले सामाजिक सुरक्षाका कार्यक्रमलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताए । उनले कोषमा रहेको लगानी योग्य रकमलाई एक वर्षभन्दा वढी अवधिको निक्षेपमा लगानी गर्नुपर्ने बताए । उनले नेपाल सरकारको नीति अनुसार कर्मचारी आवसको लागि काम गर्नसमेत कोषलाई आग्रह गरे ।

सोही कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव एवं कोष सञ्चालक समितिका अध्यक्ष शिशिर कुमार ढुंगानाले कोषलाई सुदृढ सामाजिक सुरक्षण संयन्त्रको रुपमा विकास गर्दै लैजाने नीति रहेको जानकारी दिए । उनले कोषमा रहेको रकमको दीर्घकालीन व्यवस्थापन गर्न श्रोत ब्यवस्थापन र लगानी विविधिकरणमा सुधार गर्नुपर्ने बताए ।

त्यस्तै कोषका प्रशासक तुलसी प्रसाद गौतमले नेपाल सरकारले अघि सारेको एकिकृत सामाजिक सुरक्षाको अवधारणलाई सार्थक तुल्याउन कर्मचारी सञ्चयकोषलाई प्राप्त हुने भूमका र जिम्बेबारी निर्वाह गर्न कोष प्रतिबद्ध रहेको उल्लेख गरे । उनले कोष सदैब सञ्चयकर्ताको हित र सन्तुष्टिप्रति क्रियाशिल रहिरहने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित समय : २१:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु