गृहपृष्ठ ठूलो दुर्घटनाबाट जोगियो सौर्य एयरलाइन्सको जहाज
ठूलो दुर्घटनाबाट जोगियो सौर्य एयरलाइन्सको जहाज
सौर्य एयरलाइन्सको जहाज सोमबार दिउँसो ठूलो दुर्घटनाबाट जोगिएको छ । त्रिभुवन अन्तार्रष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको जहाजमा चरा ठोक्किएपछि जहाजको पंखामा क्षति पुगे पनि ठूलो दुर्घटनाबाट बँचेको हो ।
विमानस्थलबाट उड्ने बित्तिकै जहाजमा चरा ठोक्किएको थियो ।
चरा ठोक्किएपछि ठूलो आवाज आए पनि पाइलटले जहाज विराटनगरमा अवतरण गराए । ठूलो आवाज आएपछि यात्रुहरु आत्तिएका थिए ।
पंखामा क्षति पुगेकोले अहिले जहाजले उडान गर्न सकेको छैन । क्षतिग्रस्त जहाजलाई विराटनगर विमानस्थलमा ल्याण्ड गराइएको सौर्य एयरलाइन्सका विराटनगर स्टेशन प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।
प्रकाशित समय : २१:४५ बजे



















