काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मिनी संसदको निर्वाचन असोज ५ का लागि तोकियो

13.4K
shares

मिनी संसद मानिने संसद अन्तर्गतका संसदीय समिति सभापतिको निर्वाचन असोज ५ गते हुने भएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख कृष्णबहादुर महराले समितिको सभापति चयनका लागि असोज ५ गते विहान ११ बजे निर्वाचन हुने जानकारी गराएका हुन् ।

सभामुख महराले संसद सचिवालयलाई त्यसको सूचना प्रकाशन गर्न भनेका छन् ।

यसअघि गत भदौ १७ गतेका लागि तोकिएको निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको थियो ।

संसदको १० वटा समितिमध्ये अधिकांशमा नेकपाले आफ्ना सांसद उठाउने तयारी गरेको छ । कांग्रेसले भने संसदमा उपस्थितिको आधारमा चयन गर्नुपर्ने बताउँदै आएको छ ।