global ime bank Long Banner Ad

गृहपृष्ठ मेडिसिटी र गणेशमान मेमोरियल अस्पतालबीच सम्झौता

मेडिसिटी र गणेशमान मेमोरियल अस्पतालबीच सम्झौता

मेडिसिटी र गणेशमान मेमोरियल अस्पतालबीच सम्झौता

ललितपुरको भैसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पताल र ललितपुरकै गणेशमान मेमोरियल अस्पतालबीच आइतबार एक सम्झौता भएको छ । दुई अस्पतालबीच सहकार्य गर्ने र जटिल रोगको उपचारमा साथ दिने सहमति गरिएको जनाइएको छ ।

मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र गणेशमान मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङ्गले औपचारिक रुपमा हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको छ । स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन स्वास्थ्य संस्थाको समन्वय पनि बलियो हुन आवश्यक रहेकाले सम्झौता गरिएको रिमालले बताए ।

अस्पताल र अस्पतालबीचको समन्वयले स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने भएकाले सम्झौता गरिएको मेडिसिटी अस्पतालले जनाएको छ । त्यस्तै गणेशमान मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत गुरुङले मेडिसिटीसँगको सहकार्यले चिकित्सकीय क्षेत्रमा बाटो अझ फराकिलो बनेको भन्दै खुसी व्यक्त गरे ।

अरबौ रकम खर्चीएर विदेशमा उपचार गर्नुभन्दा स्वदेशमै उपचार गर्न र गराउन प्रेरित गराउन यो एक महत्वपूर्ण अभियान हुने सम्झौता पछि उनीहरुले बताएका छन् । सम्भव भएका उपचार गणेशमान मेमोरियलमै गर्ने र थप उपचारका लागि नेपाल मेडिसिटीसँग सहकार्य गर्ने सहमति भएको बुझिएको छ ।

प्रकाशित समय : २२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु