गृहपृष्ठ प्रदेश ७ को राजधानी विवाद बढ्दै, दिपायलमा आन्दोलन
प्रदेश ७ को राजधानी विवाद बढ्दै, दिपायलमा आन्दोलन
प्रदेश सातमा राजधानी विबाद चर्केको छ । राजधानी माग्दै डोटीको दिपायलमा आन्दोलन सुरु भएको छ ।
संसदीय समितिले प्रदेशसभामा प्रतिवेदन पेश गरेसँगै दिपायलवासी आन्दोलितमा उत्रिएका हुन् । बुधबार साँझ दिपायलमा राँके जुलुश निकालिएको थियो भने घरघरमा कालोझण्डा राखिएको थियो ।
बिहिबार मध्यान्ह जिल्ला सदरमूकाम सिलगढीबाट सुरु भएको पदर्शन बजार परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । ‘हाम्रो एउटै माग निर्विकल्प राजधानी दिपायल हो’ राजधानी आन्दोलन संघर्ष समितिका सदस्य नरेन्द्र खड्काले भने ।
आन्दोलनकै कार्यक्रम अनुसार शुक्रबार बन्दको आह्वान गरिएको छ । बिहिबारबाट शुरु भएको शिक्षक सेवा आयोगको परीक्षा भने सूचारु हुनदिने संघर्ष समितिले जनाएको छ ।
राजधानी गोदावरी राख्ने प्रस्तावप्रति धनगढाीमा समेत प्रदर्शन हुँदै आएको छ ।
प्रकाशित समय : १४:५५ बजे

















