global ime bank Long Banner Ad

गृहपृष्ठ तीन महिनादेखि हराएका हराएका बालकको कंकाल फेला

तीन महिनादेखि हराएका हराएका बालकको कंकाल फेला

तीन महिनादेखि हराएका हराएका बालकको कंकाल फेला

तीन महीनादेखि हराइरहेका हुम्ला चंखेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कंकाल भेटिएको छ ।

गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट उनी हराएका थिए । साउने संक्रान्तिका दिन घरखर्कदेखि गाउँसम्मका सबै बाटो र बस्तीमा उनकोे खोजीमा परिवार र स्थानीय प्रशासनले लामो समय खर्चेको बुबा जनक शाहीको भनाइ छ ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले तत्काल पिप्लाङ र दार्मा प्रहरी चौकीलाई खबर गर्ने जनाएको छ । मृतक शाही स्थानीय बालज्योति आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत् थिए ।

प्रकाशित समय : १५:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु