global ime bank Long Banner Ad

गृहपृष्ठ चाडपर्व लक्षित सुपथ मूल्य पसल आज खुल्ने

चाडपर्व लक्षित सुपथ मूल्य पसल आज खुल्ने

चाडपर्व लक्षित सुपथ मूल्य पसल आज खुल्ने

आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आजदेखि सुपथ मुल्यका पसल सञ्चालन गर्ने भएको छ । ठूला चाडपर्व दसैं, तिहार र छठलाई मध्यनजर राख्दै विगतका वर्षमा जस्तै सहुलियत पसल सञ्चालन गर्न लागिएको हो ।

नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थान, विभागमा दर्ता भएका सहकारीले सुपथ मूल्यका पसल सञ्चालन गर्न पाउनेछन् । केही स्थानमा भने विभागको नेतृत्वमा खाद्य, साल्ट ट्रेडिङ, र दुग्ध विकास संस्थान मिलेर सहुलियत पसल सञ्चालन गर्नेछन् ।

सहुलियत पसलमा अहिले कायम मुल्यभन्दा १० प्रतिशतसम्म छुट हुने बताइएको छ ।
साल्ट ट्रेडिङले मात्रै उपत्यकाभित्र ९ वटा स्टल र तीन घुम्ती पसल सञ्चालन गर्ने तयारी गरेको छ । उपत्यका बाहिरका २४ डीपो तथा कार्यालयबाट पनि सेवा दिने ट्रेडिङको प्रबन्ध छ ।

खाद्य संस्थानले भने उपत्यकाबाट पाँच र मुलुकभरका डिपोबाट खाद्य सामाग्री बिक्री गर्नेछ । खसी तथा च्यांग्रा समेत खाद्य संस्थानले नै बिक्री गर्नेछ । आजबाट सुपथ पसल सुरु हुने ए पनि खसीबोकाको कारोबार भने घटस्थापनाबाट मात्रै हुने बताइएको छ ।

दुध, दही, घिउ, पनिरलगायतका दुग्धजन्य पदार्थ भने दुग्ध विकास संस्थानले सहुलियतमा बिक्री गर्नेछ । संस्थानले आफ्ना उत्पादनमा छुटको व्यवस्था मिलाएको जनाएको छ ।

राजधानी काठमाडौंसँगै देशका विभिन्न ४७ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याइने तयारी छ । सुपथ मूल्य पसल कात्तिक २३ सम्म सञ्चालन गर्ने आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

प्रकाशित समय : १५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु