global ime bank Long Banner Ad

गृहपृष्ठ किन आए भारतीय पेट्रोलियम मन्त्री प्रधान काठमाडौंमा ?

किन आए भारतीय पेट्रोलियम मन्त्री प्रधान काठमाडौंमा ?

किन आए भारतीय पेट्रोलियम मन्त्री प्रधान काठमाडौंमा ?

 

भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्याससमन्धी मन्त्री धमेन्द्र प्रधान काठमाडौं आएका छन् । पेट्रोलियम पाइपलाइनबारे छलफल गर्न उनी शुक्रबार बिहान काठमाडौं आएका हुन् । मन्त्री प्रधानसहितको टोली छलफलका पेट्रोलियम पाइपलाइनबारे छलफल गर्न काठमाडौं आएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

काठमाडौं आएका प्रधानले अमलेखगन्जदेखि चितवनसम्म पाइपलाइन बनाउने विषयमा नेपालका सरोकारवाला निकायसँग छलफल गर्ने कार्यक्रम छ । पाइपलाइनबारे नेपाल र भारतका अधिाकारीबीचको वर्ता स्थगित गरेर मन्त्री प्रधान काठमाडौं आएका हुन् । बुधबारका लागि तय गरिएको नेपाल भारतका उच्च अधिकारीको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए । शिलान्यासको समयमा पाइपलाइन निर्माणको काम १५ महिनामा सक्ने लक्ष्य लिइएको थियो । तर, लक्ष्य अनुसार काम हुन सकेको छैन । अहिले भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म ल्याइने ६९ किलोमिटर लामो पेट्रोलियम पाइपलाइनको निर्माणको काम भइरहेको छ ।

प्रकाशित समय : १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु