गृहपृष्ठ रग्बी विश्वकपको ट्रफी नेपालमा ल्याइने
रग्बी विश्वकपको ट्रफी नेपालमा ल्याइने
सन् २०१९ मा जापानमा हुने रग्बी विश्वकपको ट्रफी नेपालमा ल्याइने भएको छ । रग्बी विश्वकपको प्रचार प्रसार गर्न ट्रफी नेपालमा ल्याइन लागेको नेपाल रग्बी संघको सचिव गोबिन्द घिमिरेले न्युज कारोबारलाई बताए ।
उनका अनुसार आगामी मंसिर १९ गते नेपालमा ट्रफी ल्याएर २०,२१ र २२ गते प्रदर्शन गरिने छ । विश्वकै सर्वोच्च शिखर नेपालमा रहेको सगरमाथाको बेसक्याप र विश्व सम्पदा सूचीमा रहेका सबै ठाँउमा प्रदर्शन गरिने छ । ट्रफी टुर १८ वाटा देशमा प्रर्दशन गरिएको छ । एसियामा ५ लाख रग्बी खेलमा सहभागी भएका छन् ।
एसियामा सन् २०२० सम्म रग्बी खेलमा १० लाख संद्यया पु¥याउने लक्ष्य छ । रग्बी विश्वकपलाई समर ओलम्पिक र विश्वकप फुटबलपछिको ठूलो मेलाको रूपमा चिनिन्छ । रग्बी विश्वकप आगामी सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा हुँदै छ । उक्त विश्वकपमा २० राष्ट्र छनोट भइसकेका छन् ।
प्रकाशित समय : १८:२२ बजे



















