global ime bank Long Banner Ad

गृहपृष्ठ १ सय १५ वर्षीया धनकुमारीको निधन

१ सय १५ वर्षीया धनकुमारीको निधन

१ सय १५ वर्षीया धनकुमारीको निधन

सम्भवत : नेपालको जेष्ठ नागरिक १ सय १५ बर्षीया धनकुमारी गुरुङको निधन भएको छ । पोखरा महानगरपालिका ३१ स्थित पचभैयाकी १ सय १५ बर्षीया धनकुमारीको शुक्रबार निधन भएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीबाट ३९ नम्बरको नागरिकता नम्बर प्राप्त गरेकी उनको नागरिकतामा १९६० भदौं ७ गते जन्म दिन उल्लेख छ । धनकुमारीको शुक्रबार बिहान निधन भएको स्थानीय दामोदरभक्त थापाले बताए ।

उनी पनाती राजु गुरुङको घरमा बस्दै आएकी थिइन । उनको अन्तिम संस्कार स्थानीय गुरुङ च्यानडाँडामा गरिएको छ । उनका २ पनाती, ४ पनातीनी, ११ खनाती र खनाती पछिको एक पुस्ताको एक जना रहेका छन ।

 

प्रकाशित समय : १८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु