global ime bank Long Banner Ad

गृहपृष्ठ खानेपानी मन्त्री मगर भारत प्रस्थान

खानेपानी मन्त्री मगर भारत प्रस्थान

खानेपानी मन्त्री मगर भारत प्रस्थान

खानेपानी मन्त्री बिना मगर महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा सहभागी हुन भारत गएकी छिन् । महात्मा गान्धीको १५० औं जन्म जयन्तीको अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा भाग लिन नेपालको तर्फबाट खानेपानी मन्त्री मगर गएकी हुन् ।

सम्मेलनमा खानेपानी मन्त्री सहित खानेपानी तथा ढल निकास विभागका उप महानिर्देशक सुनिलकुमार दास समेत सहभागी छन् उक्त सम्मेलनमा ८० देशका खानेपानी तथा सरसफाई मन्त्रीहरु सहभागी हुने छन् ।

सम्मेलनमा नेपालको तर्फबाट सरसफाईको क्षेत्रमा भईरहेको प्रगतिको बारेमा प्रस्तुति दिने कार्यक्रम छ । सम्मेलन शनिबार देखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदैछ ।

प्रकाशित समय : १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु